इटहरी : इटहरी खानेपानीले निर्वाचनको तयारी गरेको छ ।
इटहरी खानेपानीमा गत वर्ष नै निर्वाचन हुने भएपनि कोभिडका कारण भएको थिएन । दुईदिन अगाडि खानेपानीले एक विज्ञप्ती जारी गर्दै सकेसम्म चाँडो निर्वाचन गर्नेगरी निर्वाचनको निर्णय गरेको अध्यक्ष रामप्रसाद चौलागाईँले बताए ।
उनका अनुसार वडा उपभोक्ता समिति, कार्यसमिति तथा लेखा समितिको निर्वाचन सम्पन्न गर्न संस्थाको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचनको मिति नतोकिएपनि निर्वाचन समिति तोकिएको उनले बताए ।
संयोजकमा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने गरी निर्वाचन समिति तोकिएको थियो । त्यस्तै, संस्था कार्यसमितिबाट माधव कोइराला, संस्था सल्लाहकारबाट रमेश बिष्ट, परिषद् सदस्यहरुमध्येबाट शेखर चौधरी, र नागरिक समाजका पूर्व अध्यक्ष दिनेश रसाइली सदस्यमा रहेका छन् ।
निर्वाचनलाई सभ्य बनाउन सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायतलाई अपिल समेत गरिएको छ ।
Discussion about this post