खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिका २ बस्ने ७४ वर्षीया डम्बरकुमारी मगरको आगोले जलेर मृत्यु भएको छ ।
आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभीर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयबासीहरुले नियन्त्रणमा लिने प्रयास भइरहेको अवस्थामा भीरमाथि बसिरहेकी उनलाई आगोको लप्काले भेट्दा जलेकी थिईन् ।
आगो शरीरमा शल्किएपछि घाइते भएकी उनको उपचारको लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post