इटहरी : इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एकको मृत्यु भएको छ । इटहरी ५ मा आज विहान करेन्ट लागेर एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ललितपुर महाकाल गाउँपालिका ४ घर भइ इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जीतेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।
डिसहोमको फाइबर तार टाङ्ने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनको विराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Discussion about this post