मोरङ : मोरङको कटहरी गाउँपालिका १ मा संचालित जयबैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा चाजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका ८ का २३ वर्षीय लक्ष्मी यादव, २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र २२ वर्षीय दीपेश कुमार राय रहेका छन् ।
गत शनिबार जहदा गाउँपालिका ४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा भएको चोरीमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फर्निचर उद्योगमा चोरी भएसंगै चोरीमा संग्लग्न व्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान, एलइडी टिभी १ थान, मोबाइल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजारसहित विराटनगर ८ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post