सुनसरी : सप्तकोशी नदीमा हामफालेका एक बृद्धलाई सकुशल उद्वार गरिएको छ ।
झापा बिर्तामोड नगरपालिका ३ का ८४ वर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।
आज अपरान्ह सवा ४ बजेको समयमा सप्तकोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले उनको उद्वार गरेको हो ।
स्थानीय माझीहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्वार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post