भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका २ मा आज विहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
विहान ७ बजेको समयमा घोडेटारबाट भोजपुरतर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
ट्याक्टरमा सवार रहेका रामप्रसादराई गाउँपालिका ७ का २० वर्षीय नवीन राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post