धरान : धरान १३ स्थित अमरसेवा समाजको कबर्ड हलमा वीर गणेशमानसिंह नोभिस बक्सिङ प्रतियोगिताम एबिसि च्याम्पियन बनेको छ ।
एबिसि धरानले प्रतियोगितामा ३ स्वर्ण र २ रजत पदक जित्दै प्रथम बनेको आयोजक सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास गुवाजुले जानकारी दिए ।
खेलमा धरान कभर्ड हल दोस्रो बनेको थियो । उनीहरुले २ स्वर्ण र २ रजत पदक जितेको गुवाजुले बताए ।
प्रतियोगितामा पुरुषतर्फको विट बक्सर सौगात लामा रहेका थिए भने महिलातर्फ सृजना गुरुङ भएकि थिइन । विहीबारदेखि शुरु भएको प्रतियोगितामा चार जिल्लाका ६ वटा संघका ४५ खेलाडी प्रतिस्पर्धा सहभागी थिए ।
पुरुषतर्फ ७ वटा तौल समूहमा भिडन्त गरेका थिए भने महिला तर्फ ५ वटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिएका थिए । कार्यक्रममा मेयर राईले सुनसरीबाट सहभागी खेलाडीहरुलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैँया दिने समेत उद्घोष गरेका थिए ।
Discussion about this post