इटहरी : नेपाली वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त गरिएको छ । इटहरीको पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यलयमा पत्रकार सम्मेलन गर्दै वेव सिरिजको शुभमुहर्त गरिएको हो ।
युवा-युवतीबीचको प्रेममा आइपर्ने विभिन्न आरोह अवरोहहरुलाई वेव सिरिजको कथावस्तु बनाइएको छ । निर्देशक भीम लामाको निर्देशनमा निर्माण हुन लागको वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को कथा पनि निर्देशक लामाले नै लेखेका हुन् ।
प्रकाश सुब्बा, सुरेन्द्र भुजेल, बोधराज पुरुष, खेमराज धमला र भीम लामाको संयुक्त लगानीमा निर्माण हुन लागेको वेव सिरिजका लागि कलाकारहरु अडिशनबाट छनोट गरिएको हो ।
इटहरीको चिन्तन चौतारी र तरहरास्थित तरहरा एफएमको कार्यलयमा गरी २ पटक अडिशन आयोजना गरि कलाकारको छनोट गरिएको थियो । छनोट भएका कलाकारहरुका लागि तालिमको समेत व्यवस्था गरिएको निर्देशक लामाले बताए ।
केही चलचित्र समेत निर्माणको तयारीमा रहेका निर्देशक लामाका अनुसार यो वेव सिरिज १ हजार १ सय ११ एपिशोडको हुनेछ ।
वेव सिरिजमा मेनुका गिरी, बिष्णु राई, बिनु राई, उपार्जुन राई, सुनिता पुरी, जेरी शर्मा, आयूष कटुवाल, बन्दना दाहाल, बोधराज पुरुष, सजना बजगाई, सपन श्रेष्ठ, सन्जु अधिकारी, सुरज भुजेल, उदय सुब्बा, खेमराज धमला लगायतका कलाकारहरुको अभिनय रहने छ ।
एक नम्वर प्रदेशका बिभिन्न रमणिय स्थलहरुमा छायांकन हुने वेव सिरिजमा प्रकाश सुब्बको छायांकन रहेको छ भने सम्पादन पनि प्रकाश सुब्बाले नै गर्ने छन् ।
Discussion about this post