इटहरी : चलचित्र पत्रकार संघ सुनसरीले तीन दिने चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि रहने कार्यक्रमको सहजीकरण निर्देशक तथा समीक्षक दीपेन्द्र लामा, चलचित्र पत्रकार समीर बलामी र निर्देशक तथा पत्रकार भीषण राईले सहजीकरण गर्ने चलचित्र पत्रकार संघ सुनसरीका सचिव सुमन भट्टराईले जानकारी दिए ।
चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माका अनुसार चलचित्र पत्रकारिता कार्यशाला प्रदेश १ मा पहिलो पटक आयोजना हुन लागेको हो ।
चलचित्र पत्रकारिता र यसको अवस्था, अन्तर्वाता, समाचार लेखन तथा समीक्षासम्बन्धी तालिम आयोजना गर्ने तयारी भइरहेको उनले बताए।
भेडेटार भिलेज रिसोर्ट, भेडेटारमा हुने तीन दिने कार्यशाला बैशाख ६ गतेदेखी आठ गतेसम्म हुने आयोजकको भनाइ छ।
Discussion about this post