बराहक्षेत्र : नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले चारजना पत्रकारलाई सम्मान गरेको छ ।
मंगलबार बराहक्षेत्र नगरपालिका वडा नं. ६ मा रहेको जनहित क्लबको भवनमा राखिएको शुभकामना आदानप्रदान सँगै भित्ते पात्रो र टिसर्ट सार्वजनिक कार्यक्रमको अवसरमा यहाँका चारजना पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य भीषण राई, पत्रकार महासंघ प्रदेश परिषद् बाबुराम कार्की र दुई दशकदेखि ग्रामीण भेगमा बसेर पत्रकारिता गर्दै आएका हिमाल राई र सन्तोष गुप्तालाई सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियन बराहक्षेत्रका संयोजक संगम बिष्टका अनुसार युनियनले गरेका गतिविधिलाई सबै हिसाबमा सहयोग गर्ने रोशन खड्का र बाबुराम आचार्यलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले २०७८ सालको भित्तेपात्रो समेत सार्वजनिक गरेको छ । साथै, टिसर्ट समेत सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, महासमिति सदस्य अनु गुरुङ, रेवतीरमण दुलाल, कांग्रेस बराहक्षेत्र नगरसभापति नारायण नेपाल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post