इटहरी : सुनसरीमा २६ जनासहित प्रदेश १ मा आज थप १०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६, मोरङमा ४९, सुनसरीमा २६, उदयपुरमा १, सङ्खुवासभामा २, धनकुटामा २ जना र प्रदेश १ बाहिरका ७ जना गरी १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बुधबार ४४ महिला र ५९ जना पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय पुगेको छ ।
Discussion about this post