धरान : मुकुमलुङ फुटबल क्लब धरान ५ द्वारा आयोजित प्रथम टोलस्तरीय फुटबल प्रतियोगितामा उपाधि देउराली डायमण्डले जितेको छ।
प्रतियोगिताको उपाधिसँगै देउराली डायमण्ड टिमले नगर बीस हजार हात पारेको छ भने दोस्रो हुने म्याड इन डान्स क्लबले नगद रु १० हजार प्राप्त गरेको छ ।
क्लबका अध्यक्ष मिलन राईका अनुसार देउराली डायमण्ड टिमका खेलाडी बुद्ध वीर लिम्बुले फाइनल खेलसम्म ६ गोल गरेका थिए । उनले फाइनल खेलको १२ मिनेटमै पहिलो गोल गर्न सफल भएका थिए । त्यस्तै, खेलमा वेस्ट किपर सुजन लिम्बु घोषित भएका थिए । वेस्ट डिफेन्स राहुल लिम्बु घोषित भएका थिए ।
कार्यक्रम प्रदेश नं. १ फुटबल सङ्घका अध्यक्ष तथा नेपाली काँग्रेसका धरान पूर्व नगर सभापति किशोर राईको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले खेलाडीको उत्पादन तथा विकासमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
Discussion about this post