विराटनगर : प्रहरीले विराटनगर महानगरपालिका वडा नं १६ दरैयाबाट एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररियाका २२ वर्षीय रुपेश ठाकुर रहेका छन् । उनलाई मंगलबार साढे ५ बजेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट ५०० दरको भारतीय नोट ७७ थान अर्थात् ३८ हजार ५ सय, नेपाली रूपैँया एक हजारको दरको २६ थान, ५०० दरको ४० थान, एक सयको दरको ६ थान र १० को १ थान गरि ४६ हजार ६१० फेला पारेको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post