धरान : एक नम्बर प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य नवोदिता चौधरीले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिएकी छन्।
आज एक शुभकामना सन्देश दिंदै प्रदेशसभा सदस्य चौधरीले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन्।
हरेक समाज र राष्ट्रमा श्रमिकहरु अर्थतन्त्रका मेरुदण्ड भएको बताउँदै चौधरीले नेपालका हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरु अग्रपंतिमा उभिएकाले अहिलेको परिवर्तन सम्भव भएको बताएक्की छन्।
उनले भनिन्, ‘नेपालमा परिवर्तनका नायक र परिश्रमका पर्याय मजदुरहरु प्रति आज अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा सम्मान व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु।’
चौधरीले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदुर वर्गका लागि सरकारले विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन आग्रह समेत गरेकी छन्।
Discussion about this post