मोरङ : मोरङको रतुवामाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
आज विहान करिब साढे १० बजे आमबारी–उर्लाबारी सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प २६६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प २६०९ नम्बरको मोटरसाएकल एक आपसमा ठक्कर भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ वर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले छ ।
२६०९ नम्बरको मोटरसाइकल चालक रंगेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नवीन ठाकुर घाइते भएका छन् । उनीहरू दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
Discussion about this post