विराटनगर : विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन ।
कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम् परिस्थितिलाई मध्येनजर गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको नगर प्रमुख पराजुलले बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गरी नगर प्रमुख पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्स समेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको बताए ।
त्यस्तै, नेपाली कांग्रेस विराटनगरका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
Discussion about this post