इटहरी : गायिका पारु राईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । युके कर्मथलो बनाएकी पांचथरकी पारुले इटहरीमा रहदाँ सांगीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिइन् ।
“प्यास” नामक गीति एल्बम रिलिज गरिसकेकी उनले सो एल्बमबाट २ वटा म्यूजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।
“तिम्रो तृष्णा” बोलको सोलो गीत लिएर दर्शक सामु आएकी पारुले बेलायतको सुन्दर दृश्यहरु कैद गरेर यसपटक नयाँ म्यूजिक भिडियो रिलिज गरेकी हुन् । गीतको शब्द उनी स्वयम्ले लेखेकी हुन् भने संगीत तारा प्रकाश लिम्बूको रहेको छ।
गायक विकाश लिम्बू र पारु राईले गाएका गीत कर्णप्रिय छन् ।
युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामाङले निर्देशन गरेको म्यूजिक भिडियोमा मण्डल थेबे, पारु राई, विकाश लिम्बू र बृक्षा लिम्बूको अभिनय रहेको छ ।
Discussion about this post