धरान : धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १ पुरानो बजारका ७० वर्षीय संक्रमित वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्युु भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्धको मंगलबार दिउँसो साढे ३ बजे वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा मृत्यु भएको हो । मृतकलाई मंगलबार नै प्रतिष्ठानमा उपचारको लागी इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
उनको दिउँसो साढे ३ बजे मृत्यु भएपनि पीसीआर रिपोर्ट भने राति ७ बजेर २५ मिनेटमा मात्र आएको मेहताले जानकारी दिए ।
Discussion about this post