तरहरा : इटहरी २० तरहरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
केही दिन अघि गरिएको पीसीआर परीक्षणमा महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको र उनको शनिबार नै राति ९ बजे मृत्यु भएको वडाध्यक्ष मणिराम श्रेष्ठले पुष्टि गरे । उनका अनुसार तरहराको मुनाल टोलकी ती महिलाको उमेर ७४ वर्ष हो ।
यो सँगै तरहरामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने इटहरीमा मृतकको संख्या १४ पुगेको छ ।
वडाध्यक्ष श्रेष्ठले तरहरामा लकडाउन अत्यन्त कडा बनाइने जानकारी दिए । उनले टाकुरासँग भने, ‘हामी अहिले पनि बजार तथा भित्री गाउँमा पनि अनुगमन गरिरहेका छौँ, लकडाउन उल्लंघन गरेर हिड्नेलाई कारबाही गरिन्छ ।’
Discussion about this post