तरहरा : इटहरी २० तरहराको पुरानो युवा मिलन क्लब (वाइएमसी) सामाजिक काममा सक्रिय बन्न थालेको छ । तत्कालीन हाँसपोसा गाविस हुँदा नै स्थापना भएको क्लबले त्यसबेला समाजमा सकारात्मक कामको अभियान सञ्चालन गरेको थियो ।
लामो समय निष्क्रिय बनेको क्लब पछिल्लो दिनमा सक्रिय बन्दै गएको छ । तरहरामा कोरोना भाइरसबाट बच्नका लागि अहिले जनचेतना फैलाउँदै आएको क्लबका अध्यक्ष अमर लिम्बूले बताए ।
उनले भने, ‘हामीले अहिले तरहराको सार्वजनिक स्थलहरुमा सेनिटाइज गर्दै आएका छौँ, त्यस्तै गाउँ टोलमा स्वास्थ्य सामाग्री वितरणको अभियान पनि सञ्चालन गरेका छौँ ।’
उनका अनुसार क्लबले अहिले तरहराको प्रहरी चौकी, बैँक, स्वास्थ्य चौकी तथा सार्वजनिक स्थलहरुमा सेनिटाइज अभियान सञ्चालन गरेको छ । त्यस्तै, गाउँ टोलमा स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए ।
‘हामीले संक्रमितको घर, गाउँमा पनि सेनिटाइज कार्यक्रम आयोजना गर्दै आएका छौँ,’ उनले भने ।
क्लबले यसअघि तरहरामा रहेका युवाहरुलाई सकारात्मक बाटोमा हिड्नका लागि खेलकुद, शिक्षा तथा मनोरञ्जनको कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
Discussion about this post