धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार धनुषाको जनकपुर १४ घर भएकी किशोरीको प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको हो । उनको सोमबार दिउँसो ४ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको थियो ।
मृतकलाई जेठ १ गते शनिबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
Discussion about this post