इटहरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ ।
युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो ।
डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य सामाग्रीसहित मोबाइल डाक्टर सेवा पुर्याएको हो ।
बिहीबार जिल्लाका थप तीनजना संक्रमितको घरमा डाक्टर र पोषणविद्सहित पोषिलो खानेकुरा वितरण गरिएको हो । जिल्लामा दोस्रो भेरियन्ट आइकन १६ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टिट भएको छ ।
डा. अमितकुमार खतिवडा, नर्स सुजा शर्मा, पोषणविद् प्रविण भट्टराई, बेदान्द हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठ लगायतले संक्रमित सञ्चारकर्मीका घरमा गएर परामर्श गरेको थियो । खानपानमा ध्यान नपुर्याउँदा संक्रमणले थप च्याप्ने भएकोले सचेत हुनका लागि डा. खतिवडाले सुझाव दिए ।
यस्तै, प्रेस युनियनको स्थापना दिवसको अवसमा युनियन सुनसरी शाखाले ताप्लेजुङ शाखालाई स्वास्थ्य सामग्री खरिदको लागि पाँच हजार एक सय रुपैँया सहयोग गरेको छ । त्यस्तै, पत्रकार महासंघ खोटाङले स्थापना गरेको पत्रकार राहत कोषको लागि पनि पाँच हजार एक सय सहयोग उपलब्ध गराएको युनियनका अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार गतवर्ष पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको युनियन पात्रो थप अपडेट गरिएको छ । युनियन पात्रोमा देशभरीकै महासंघका अध्यक्ष, प्रदेश १ का पदाधिकारी, केन्द्रीय कार्यसमितिको परिचयसहित मोबाइल नम्बर अपडेट गरिएको छ ।
Discussion about this post