उदयपुर : उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
जिल्लाको ताप्ली गाउँपालिका ४ पोखरी स्थित कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडातर्फ मिलको मेसिन बोकेर जादैँ गरेको बा १८ च १५६७ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी दुईसय मिटर तल खस्दा बोरेलोमा सवार चारजना मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुली दूधौली नगरपालिका १० का ६० वर्षीय इन्द्रबहादुर बिक रहेका छन् ।
दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँकनारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र सोही स्थानका २६ वर्षीय डम्बरबहादुर तामाङ घाइते भएका छन् ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाइतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाइते तामाङ सामान्य उपचार पश्चात घरमै रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post