धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकजना धरान १८ का ५५ वर्षीय पुरुष रहेका छन् । उनको हिजो शनिबार बिहान ४ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएको जानकारी भने प्रतिष्ठानले आज मात्र दिएको थियो ।
मृतकलाई जेठ २३ गते संक्रमण पुष्टि भएको थियो भने जेठ २४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यस्तै, सिराहाको लाहान १५ का ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको गएराति १२ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो ।
मृतकलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते अस्पताल भर्ना गरिएको थियो ।
Discussion about this post