इटहरी : सुनसरीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डीसीएमसीको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको प्रशासनले माछामासु पसल, तरकारी, दूग्धजन्य तथा फलफूल पसल भने निश्चित समयका लागि खोल्न दिने निर्णय गरेको थियो ।
अब बिहान ५ बजेदेखि ११ बजेसम्म तरकारी तथा फलफूल पसल सञ्चालन गर्न दिने निर्णय भएको छ ।
Discussion about this post