टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विचार

हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह : असल कामको, कमसल नतिजा

विचार

कृष्ण अधिकारी by कृष्ण अधिकारी
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते, १९:३२ बजे
0
हाँसपोसा सामुदायिक वन उपभोक्ता समूह : असल कामको, कमसल नतिजा
238
SHARES
Share on FacebookShare on Twitter

लामो लकडाउनले सिथिल भएको मन र मस्तिष्कमा आएको एउटा योजनाको लागि जङ्गल जाने निधो भयो ।

म सहित ध्रुव घिमिरे, चण्डिका नेपाल र ज्ञानु न्यौपाने २०७८ जेष्ठ २८ गतेका दिन बिहानै इटहरी २० तरहराको पानीपियाबाट मास्तिर लाग्यौँ । चारकोसे जंगलको बाटो । चारकोसे जंगलमा आजभोलि जंगली जनावर घटेका छन्, चराचुरुङ्गी घटेका छन् । आजभोलि बाँदर पनि देख्न दुर्लभ हुँदैछ ।

कारण के होला ? खुलदुली थियो, मनमा ।

अलिक माथि गएपछि सडकको पश्चिम पट्टि एउटा साइनबोर्ड देखियो । हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको बोर्ड थियो, त्यो । बोर्डमा जडिबुटी विकास कार्यक्रम लेखिएको थियो । खुशी लाग्यो । जात–हर्रो, बर्रो, अमला, बेल, राजवृक्ष, तेजपत्र, जामुन, सर्पगन्धा, घ्यू कुमारी, सुगन्धित तेल प्रजातीहरु लेखिएको थियो ।

यो पढेर अझ खुशी लाग्यो ।

बोर्डमा, एक लाख विरुवा उत्पादनको लक्ष्य र दशलाख तेह्र हजार लागत पनि लेखिएको छ । र, त्यो पुनीत कार्यको अनुगमन– तरहरा सब डिभिजन कार्यालय पनि लेख्न छुटाइएको छैन । यस्तो असल कामको दर्शन गर्नुपर्छ भन्ने लाग्यो ।

र, हामी अलिक भित्र गयौं । ५/७ वटा काठका टुक्रा प्रयोग गरेर बनाएको गेटपार गरेर भित्र पस्यौं । दुईजना मान्छेहरु त्यहाँ निगुरो टिप्दै थिए । यो के हो ? हामीले सोध्यौं । ‘नर्सरी’ उनीहरुले सहजै उत्तर दिए ।

हो, नर्सरी नै रहेछ ।

कृष्ण अधिकारी

एक ठाउँमा डेढ, दुई सय जति जामुनका विरुवा थिए । तिनीहरुको पनि सार्ने समय भड्किन लागिसके जस्तो देखिन्थ्यो । अलिक परतिर ३०० स्वारफुट जतिजग्गामा २/४ वटा सर्पगन्धा र अन्य केही विरुवा भरखर हुर्कदै थिए ।

त्यहीँनेर हुर्किएका केही जामुनका विरुवा देखिए । तर, झार जंगल वनमाराले ती विरुवालाई छपक्कै ढाकेको थियो । त्यस्को माथि केही काठका डाँडा भाटा जस्ता देखिए, यसले त्यहाँ विरुवामाथि छाप्रो बनाइएको थियो, भन्ने थाहा हुन्थ्यो ।

निगुरो टिप्दै गरेका मान्छेलाई मैले सोधेँ–यो नर्सरी सँग भाइको सम्बन्ध छ ? ‘छ । म कर्मचारी हुँ’ उनले भने ।

अरु के के छ यहाँ ? फेरि सोधे । ‘यहाँ त यति नै हो, अलिक माथि दुई वटा नर्सरी छन् ।’ उनले जवाफ फर्काए । उनले भनेको नर्सरी हेर्न मन लाग्यो, र हामी त्यता मोडियौँ ।

सडकबाट अलिकति पश्चिमतिर पसेपछि रुख नभएको खाली ठाउँ रहेछ । जमीनमा फैलिएको झारबाट छानेर एउटा झार हातमा लिएँ । र, मिचेर सुँघे । त्यो चै लेमन ग्राँस नै रहेछ । त्यो बाहेक अरु पनि दुईचार वटा बुटा देखिए लेमन ग्रासका । तर, अरु झार जंगलको साम्राज्यभित्र ।

त्यो बोर्डमा लेखिएको एक लाख बिरुवाको लक्ष्य सम्झिएँ, दशलाख तेह्र हजार लागत सम्झिएँ । वन कार्यालय भनेको सरकार हो । र, वन उपभोग्ता समिति भनेको जनता हो ।

जनता र सरकारले गरेको कामको यो अवस्थाले के भनिरहेको थियो, भने यो देशमा सरकार मात्र बदमास होइन, जनता पनि कम छैनन् ।

मलाई त्यो निगुरो टिप्दै गरेको कर्मचारीको नाम सोधेर यहाँ लेखेर अपमान गर्न मन लागेन । किनभने, त्यो कर्मचारी भन्दा माथि त्यहाँ वन कार्यालयका हाकिम छन् र वन उपभोक्ता समितिका वरिष्ठ पदाधिकारीहरु पनि छन् ।

Tags: कृष्ण अधिकारीचारकोसेसामुदायिक वन

सम्बन्धित समाचार

प्रदेशस्तरीय सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम
विविध

प्रदेशस्तरीय सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम

by कृष्ण अधिकारी
प्रकाशित मिति : २०७९ असार ६ गते, २१:२४ बजे
0

धरान : प्रदेशस्तरीय अन्तर प्लस टु सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम भएको छ । कलेजका नवीन खड्का र इक्सा...

Read more
पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित भएकालाई भायानेटले ‘गुड विथ इन्टरनेट’ कार्यक्रममार्फत सहयोग गर्दै

पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित भएकालाई भायानेटले ‘गुड विथ इन्टरनेट’ कार्यक्रममार्फत सहयोग गर्दै

प्रकाशित मिति : २०७९ असार ६ गते, १७:१७ बजे
स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ को ट्रेलर इटहरीमा सार्वजनिक

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ को ट्रेलर इटहरीमा सार्वजनिक

प्रकाशित मिति : २०७९ असार ४ गते, १९:३४ बजे
धरानका वीर नेम्वाङ्ग नगद एक लाखसहित सम्मानित

धरानका वीर नेम्वाङ्ग नगद एक लाखसहित सम्मानित

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, २०:५६ बजे
इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै

इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, २१:५२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे



लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2066 shares
    Share 826 Tweet 517
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    722 shares
    Share 289 Tweet 181
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    673 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana