उडिया भाषामा लिखित रेवती कथा विश्वका ३६ ओटा भाषामा अनुवाद भएको छ । हैजाको पृष्ठभूमिमा लेखिएको यो मार्मिक कथा आधुनिक उडिया साहित्यका पिता मानिने फकीर मोहन सेनापतिले सन् १८९८ मा लेखेका थिए ।
उडिसा, भारतस्थित धौली प्रकाशनद्वारा प्रकाशित यस कथा सङ्ग्रहभित्र पच्चीस भारतीय तथा थप बाह्रओटा अन्य भाषा जर्मनी, जापनीज, रसियन फ्रेन्च, स्पेनिश, पोलिस, हिबु्र, टर्किश, सिँघाली, बलूच, उज्बेक, पञ्जाबी, नेपाली र उर्दूमा अनुवाद भएका छन् भने नेपाली भाषामा नेपालका कवि चन्द्र गुरुङले अनुवाद गरेका छन् ।
चन्द्रास चौधरीले भूमिका लेखेको यस कथामा प्रोफेसर हिमाँशु एस मोहापात्रा तथा देबेन्द्र के दासले परिचय लेखेका छन् ।
प्रसिद्ध समालोचक, लेखक तथा व्यक्तिहरु डेविड क्रिसटल, प्रोफेसर सत्या पी मोहन्ती, न्यायाधीश दीपक मिश्र, कवि तथा भूतपूर्व मुख्य न्यायाधीश सिताकान्ता मोहापात्रा, भारतीय ज्ञानपीठ पुरस्कारबाट सम्मानित कवि सत्या मोहन्ती, कवि शान्ता गोखले, नमिता गोखले, प्रफुल्ल सी कर, प्रोृफेसर बि एन पटनायक, तथा भाषाविद जितेन्द्र के नायक आदिले लेखेका छन् ।
यस कृतिमा प्रसिद्ध आर्टिस्ट तथा पेन्टर जतिन दासले लेखकको स्केच बनाएका छन् ।
प्रसिद्ध भारतीय कवि तथा अनुवादक मनु दास सम्पादक रहेको यो सङ्ग्रहको १४ जुन २०२१ मा फकीर मोहन सेनापतिको १०२ औं वार्षिकीको अवसरमा विमोचन गरिएको थियो ।
Discussion about this post