इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ ।
प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेद्धारा सोमबार जारी सूचना अनुसार असार १५ गते मंगलबारदेखि प्रशासनले बारअनुसार पालिका छुट्याएर काम गर्ने भएको हो ।
प्रत्येक हप्ताको आइतबार इटहरी र धरान उपमहानगरपालिकाको सेवा प्रवाह हुनेछ । यस्तै, सोमबार रामधुनी नगरपालिका र भोक्राहा, नरसिंह गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिकाको सेवा प्रवाह हुनेछ ।
यस्तै, बुधबार कोसी गाउँपालिका र देवानगञ्ज गाउँपालिका, बिहीबार दुहवी नगरपालिका र गढी गाउँपालिकाको सेवा प्रवाह हुनेछ । यस्तै, शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाको सेवा प्रवाह हुने प्रशासनले जनाएको छ ।
यो पनि – सुनसरीमा थप एकसाता निषेधाज्ञा थपियो, निजी सवारीमा जोरबिजोर लागू
Discussion about this post