लोकप्रिय गायक गंगा बरदाले १८ वर्षपछि ल्याए नयाँ गीत (भिडियो)

धरान : लोकप्रिय गंगा बरदानले १८ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नयाँ गीत धराने हावा तोङ्गबाको पानीलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता, दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो ।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा दाई त काले भाई पनि काले गीत गाएर गंगा वरदान प्रथम भएका थिए । २०३५ सालमा रेडियो नेपालमा कहाँमा काट्यो बेतको लौरी आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए।

हाइकिङ्ग बाबाको रुपमा परिचित सेवक अभियानका अभियानकर्ता राजिव हलवाईको रचना तथा बरदानकै संगीत रहेको यो गीतमा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ ।

भिडियो

सम्बन्धित समाचार

खोटाङमा साउनयता आगलागीमा ७९ घर जले, एकको मृत्यु

खोटाङ : गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ...

पारदर्शी बन्यो तरहरा रन, १० किलोमिटर दौड प्रतियोगिताको आयव्यय सार्वजनिक

तरहरा : इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनले आयव्यय सार्वजनिक गरेको छ । गत फागुन २६ गते तरहरा रनले...

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा साउनयता आगलागीमा ७९ घर जले, एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

निर्वाचनको दिन इलाम जिल्लाभर यातायात बन्द