विराटनगर : कोरोना बिमावापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोनापीडित पत्रकारहरूले बिमा कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् ।
विराटनगरस्थित अजोड इन्सुरेन्स लि. का प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरूको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले सङ्क्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनी गरेको प्रतिवद्धताविपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् । ‘
यस्तै, पत्रकारहरूले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग गरेका छन् । आफूहरूको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरूलाई सङ्गठित गरेर सङ्घर्ष गर्ने उनीहरूको चेतावनी छ ।
Discussion about this post