विराटनगर : आधा शरीर जलेको अवस्थामा विराटनगरमा एक पुरुषको शव फेला परेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१५ हड्ताली हाटका ५८ वर्षीय गङ्गाप्रसाद पोखरेलको आफ्नै घरको कोठाभित्र आधा शरीर जलेको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार कम्मरदेखि माथिको भाग पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो । घटना शङ्कास्पद रहेकाले अनुसन्धान थालिएको उनले बताए ।
शरीर जलेर मृत्यु भएको अवस्थामा घरभित्र शव रहेको स्थानीयले प्रहरीलाई दिएका थिए। पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाइ छ ।
Discussion about this post