इनरुवा : नेपाल प्रेस युनियन इनरुवाले कोरोना महामारीको समयमा पत्रकारहरुको नवीकरण छुट गर्न आग्रह गरेको छ ।
कोरोना कहरका कारण पत्रकारिता क्षेत्रमा परेको असर न्यूनीकरण गर्नका लागि एक वर्षको पत्रकारहरुको नवीकरण छुट गर्न पत्रकार महासंघसँग आग्रह गरेको हो ।
प्रेस युनियन इनरुवा संयोजक टोमराज मेहताका अनुसार कोरोना कहरका कारण धेरैजसो पत्रकारहरु आर्थिक संकटमा परिरहेको समयमा सदस्यता नवीकरण शुल्क छुटको माग राख्दै महासंघलाई ज्ञापन पत्र बुझाइएको हो ।
मेहताले पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमद मार्फत केन्द्र, प्रदेश सचिव देवेन्द्र कार्की र सुनसरी महासंघका अध्यक्ष जनकऋषि राईलाई आइतबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा कोरोनाका कारण कतिपय पत्रकारहरुले ज्यान गुमाएको, अझै संक्रमित रहेका तथा पत्रकारहरुले रोजगारी गुमाएको कारण पत्रकारहरु समेत आर्थिक संकटमा परेकाले देशभरकै महासंघका सदस्यता नवीकरण शुल्क छुटको माग गरिएको उल्लेख छ ।
Discussion about this post