मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीमा लगाएको जोरबिजोरको नियम हटाएको छ ।
निषेधाज्ञाका कारण रोकिएका सवारी एकसाताअघि जोरबिजोर नियमका आधारमा सञ्चालन भएका थिए ।
मंगलबारबाट लागू हुने गरी प्रशासनले जोरबिजोरको नियम हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
उनका अनुसार होटल रेष्टुरेन्टहरु सर्तसहित खुला गरिएको छ । निषेधाज्ञा अवधिमा खुला हुने रेष्टुरेन्टमा सभा–सम्मेलन, विवाहजस्ता धेरै मानिस भेला हुने कार्य गर्न रोक लगाएको छ ।
Discussion about this post