विराटनगर : विराटनगर महानगरपालिका ११ महेन्द्र चोकमा एक पुरुषको शव फेला परेको छ ।
महेन्द्र चोकदेखि करिब ५० मिटर दक्षिण रहेको स्वस्तिक होटल अगाडि एक पुरुषको मंगलबार शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्दाजी ५० वर्षीय पुरुष विराटनगर बजार क्षेत्रमा मागेर गुजारा चलाउँदै आएका थिए ।
मृतकको शव पोस्माटम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post