इटहरी : इटहरीमा ५० सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये झापाको दमकमा ५०, बिर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६–१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा १–१ जना छन् ।
यस्तै, मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रीबासमा ६, शहिदभूमी र छथरमा १–१, इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३५७ संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको छ ।
Discussion about this post