धरान : धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा धरान १६ का १९ वर्षीय कुमार तामाङ रहेका छन् ।
मंगलबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी Spaspain – १५०० ट्यव्लेट र Tramol- १५०० ट्याव्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ उपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post