उदयपुर : उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । जिल्लाको त्रियुगा नगरपालिका ८ मा गाउँघरमा काम गर्दै आएका अन्दाजी ७६ वर्षिय वृद्ध महिकर चौधरीको खुकुरी प्रहारबाट हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौधरी विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै आएका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटेको अवस्थामा प्रहरीलाई जानकारी भएको थियो ।
हत्याको आरोपमा स्थानीय ३५ वर्षीय किसन सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदाकै घरमा बस्दै आएका चौधरीमाथि प्रहार भएको खुकुरी उनकै घरबाट बरामद समेत भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post