झापा : झापाको दमकमा कोरोना संक्रमणको हटस्पट बनेको भन्दै एकसाता पूर्ण निषेधाज्ञा गर्ने निर्णय भएको छ ।
शनिबार दमकमा सर्वपक्षीय छलफल गरेर नगरका प्र्रमुख रोमनाथ ओलीले पहिलो चरणमा सातदिन दमकमा पूर्ण निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउने बताए ।
छलफलमा उपस्थित राजनैतिक दलका प्रतिनिधि, उद्योगी व्यबसायी र चिकित्सकहरुले कडा निषेधाज्ञा गरिनुपर्ने बताएपछि नगर प्रमुख ओलीले यस सम्बन्धीको निर्णय सुनाएका हुन् ।
उनका अनुसार सोमबार बिहान ५ बजेदेखि १७ गते बेलुका १२ बजेसम्म पहिलो चरणमा पूर्ण निषधाज्ञा गरिने छ। औषधि पसलमा औषधि किनबेच बाहेक अन्य सबै प्रकारका पसलहरु पूर्ण रुपमा बन्द गरिने गरिको निषेधाज्ञा गरिनेछ ।
Discussion about this post