मोरङ : मोरङमा कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा थप कडाई गर्ने भएको छ ।
मोरङ प्रशासनले कोरोना संक्रमणको दर घटेको भन्दै गत असारको तेस्रो सातादेखि निषेधाज्ञा खुकुलो बनाएको थियो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले सीमा नाकामा थप सुरक्षाकर्मी खटाएर कडाई गर्न थालेको छ ।
कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ भने बेलुका ६ बजेसम्म मात्र पसल बजार खोल्ने अनुमति दिएको छ ।
मोरङमा हाल दुईहजार ३ सय १६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ४ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
Discussion about this post