इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १,२७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा झापामा २२३, मोरङमा २१७, , धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कन्काईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बाह्रदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारीमा १ जना छन् ।
यसैगरि मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ४ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ११४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५–५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २ जना छन् । पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १–१, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, बेलका र चौदण्डीगढीमा १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, तेह्रथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
Discussion about this post