इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १४४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशी गाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२ जनमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै, झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले छ । यस्तै, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सूर्योदयमा २–२, माई र देउमाईमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।
उता, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रीबास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post