मोरङ : मोरङ बेलबारी नगरपालिका ९ तीनकुटिया सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकजना घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी ९ का २८ वर्षीय उमेश चौधरी रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । गएराति १० बजे दक्षिणबाट उत्तर जाँदै गरेको प्र. १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वास घाइतेृ भएका छन् ।
उनको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post