इटहरी : चर्चित हाँस्यव्यङ्य गायक श्रीकृष्ण लुइँटेल बोकेदाह्रीको नयाँ गीत ‘ तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएको छ । गायक लुइँटेलले आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजानिक गरेका हुन् ।
उनकै शब्द, संगीत र स्वरमा सजिएको गीतको एरेज्न जोनी योन्जनको रहेको छ ।
केशव रायमाझिको निर्देशन, सुमन योन्जनको छायांकन रहेको म्यूजिक भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुष्मा सुवेदीको अभिनय रहेको छ। म्यूजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।
लुइँटेलका ‘ए बा किन्देउन भटभटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘सुनको सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन् ।
भिडियो
Discussion about this post