इटहरी : नेपाली कांग्रेस सुनसरीले जिल्लामा नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरेको छ ।
भदौ २७ गते हुने भनिएको नगर अधिवेशनलाई असोज ९ गते गर्ने निर्णय भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको कार्यतालिका अनुसार यही भदौ २७ गते गर्ने भनिएको नगर अधिवेशन सुनसरीमा असोज ९ गते गर्ने निर्णय भएको हो ।
यसअघि कांग्रेस सुनसरीले भदौ २१ गते सुनसरीको १ सय २४ वटा वडामा आफ्नो अधिवेशन सम्पन्न गरिसकेको छ ।
Discussion about this post