इटहरी : अहिले नेता, कार्यकर्ताहरु नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको संघारमा व्यस्त छन् । सुनसरीमा पनि यही असोज ९ गते पालिकाका विभिन्न पदहरुमा निर्वाचनको मिति तोकिएको छ ।
यसअघि भदौ २७ गते निर्वाचनको मिति तोकिएको भएपनि निर्वाचनको मिति अन्तिम समयमा सरेका कारण असोज ९ गतेलाई तोकिएको हो ।
यसैबीच इटहरी उपमहानगरपालिकामा कांग्रेसको नेतृत्व गर्नका लागि तीनजना आकांक्षी छन् । वर्तमान सभापति हेमकर्ण पौडेल, नेविसंघका निवर्तमान केन्द्रीय उपसभापति विकास केसी र वर्तमान नगर सचिव प्रकाश बस्नेतले सभापति पदका लागि दाबी गरेका छन् । उनीहरुले आफू नगर सभापति विजयी हुनेमा आ–आफ्नै दाबी गर्दै आएका छन् ।
यसैबीच हेमकर्ण पौडेलले पनि यसपटक पुनः आफू नगरसभापति दोहो¥याउने बताए ।
विं.संं २०३५ सालमा झापामा जन्मिएका पौडेल सानै उमेरदेखि नै राजनीतिमा सक्रिय हुन थाले । २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति हुँदै तरुण दल सुनसरीको सचिव, नेपाल विद्यार्थी संघ सुनसरीको सचिव, पार्टीको क्षेत्रीय सदस्य हुँदै हाल इटहरी नगर सभापति छन् । उनले दुई कार्यकाल कुशल रुपमा नगरसभापतिको नेतृत्व गरिसकेका छन् । अहिले उनले तेस्रो कार्यकालका लागि सभापतिमा उमेद्दारी दिएका छन् ।
आफूले सबैलाई एकढिक्का बनाएर कांग्रेस पार्टीलाई बलियो बनाउनका लागि आफ्नो उमेद्दारी रहेको उनले बताए । ‘पार्टीलाई व्यक्ति भन्दा माथि उठेर योगदान गर्नका लागि पनि मेरो उमेद्दारी हो,’ उनले भने, ‘पार्टीमा भएका समस्याहरु चिर्दै सकारात्मक रुपले सृजनशील काम गर्नका लागि पनि एकपटक मैले नेतृत्व लिन आवश्यक देखेर उमेद्दारी दिएको हुँ ।’
निर्दोष अनुहारले झिनो आशाको त्यान्द्रो लिएर आफूकहाँ सहयोग माग्नेहरुलाई उनले रित्तो हात नफक्र्याने गरेको कार्यकर्ताहरु बताउँछन् । बिपद्को समयमा नेतृत्व आवश्यक पर्ने र समस्यामा रहेका हरेक नागरिकहरुले हेमकर्णलाई सम्झने गरेको उनी निकटका कार्यकर्ताहरु बताउँछन् ।
कार्यकर्तामाझ पनि लोकप्रिय नेताका रुपमा चिनिने उनको स्वभाव हक्की छ भने उनको मन सहृदयी छ ।
आँफूले राजनीतिको माध्यमबाट समाजमा रहेका निमुखा, गरिब र असाहयको सहारा बन्नका लागि राजनीति गरेको पौडेलको भनाई छ ।
पौडेल भन्छन्, ‘मैले चर्चामा आउनका लागि र फेसबुकमा बधाई पाउनका लागि राजनीति गरेको हैन, राजनीतिको माध्यमबाट समाज रुपान्तरण गर्नका लागि यता होमिएको हुँ ।’
Discussion about this post