मोरङ : मोरङको मिक्लाजुङमा लडेर आइतबार राति एक महिलाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बाटो हिँड्ने क्रममा चिप्लिएर लडेकी मिक्लाजुङ गाउँपालिका १ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको हो । आइतबारेबाट घरतर्फ फर्कदै गरेकी गुनमाया राति ९ बजेतिर बाटोमा चिप्लिएर लडेकी थिइन् ।
उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठको भनाइ छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि अस्पतालमा पठाएर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post