धरान : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको शनिबार (भोलि) धरानमा नगर अधिवेशन हुँदैछ ।
नेपाली काङ्ग्रेस धरानको संस्थापन पक्षबाट श्याम पोखरेलको प्यानल र देउवा पक्षबाट किशोर राईको प्यानलले धरान उपमहानगर सभापतिको लागि उम्मेद्दारी दिएका छन् ।
पोखरेललाई काङ्ग्रेस धरानका सभापति एवम् मेयर तिलक राईको समर्थन छ ।
सभापति श्याम पोखरेल, उपसभापति सन्तोष लिम्बू र नरेन्द्रकुमार राई (प्रवीण), सचिवमा जितेन्द्र राई र हिमाल श्रेष्ठ, सह–सचिव शिला बज्राचार्य र युनेश राना मगरलाई आधिकारिक उम्मेदवार घोषित गरेका हुन् ।
यस्तै, अर्का उमेद्दार किशोर राई नेपाली काङ्ग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको निकट हुन् ।
उनको प्यानलबाट उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बू), सचिवमा रुक्मिणा गौतम (कोपिला) र सुमन श्रेष्ठ, सह–सचिवमा कमला रुचाल र गोपाल कार्की आधिकारिक उम्मेदवार घोषित भएका हुन् ।
दुवै उमेद्दारले आ–आफ्ना एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् ।
Discussion about this post