टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home भिजिट नेपाल

इटहरीमा विशेष छुटसहित इपिल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा (तस्वीरहरूसहित)

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७८ अशोज १३ गते, ११:२३ बजे
0
इटहरीमा विशेष छुटसहित इपिल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा (तस्वीरहरूसहित)
1.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका २ मा रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । गत फागुनबाट सञ्चालनमा आएको पार्क कोभिडका कारण वैशाखदेखि बन्द अवस्थामा थियो । पार्क बुधबार (आज) देखि पुनः सञ्चालनमा आएको हो ।

फनपार्कका सन्चालक पूर्व डीआईजी ज्ञानविक्रम साहले अब पूर्ण रूपमा पार्क सञ्चालन भएको बताए । उनले भने, ‘कोभिडका कारण अघिल्लै वर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो, दुई महिना सञ्चालन हुन नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आइपर्यो ।’

स्थानीय तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको रूपमा रहेको पार्कमा स्थानीय पर्यटकलाई विशेष छुट समेत रहेको उनले बताए । ‘हामीले स्थानीयलाई विशेष छुटको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘टिकट काटिसकेपछि यहाँ सबै प्रकारबाट मनोरञ्जन लिन सकिन्छ ।’

बुधबार पत्रकार सम्मेलन गरी पार्क सञ्चालनमाबारे जानकारी गराईँदै ।

पार्कका अध्यक्ष भीम पौडेलले यस ठाउँको स्तरोन्नति र विकासका लागि आफूहरूले ठूलो लगानीमा पार्क सञ्चालनमा ल्याइएको बताए । ‘ठूलो लगानी भएपनि जम्मा दुई महिना मात्रै सञ्चालन भयो,’ उनले भने, ‘अहिले विशेष अफरसहित पार्क सञ्चालनमा ल्याएका छौँ ।’

उनका अनुसार ७ सय ५० रुपैँयाको टिकट अहिले पाँच सय र तीन सय रहेको छ । पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको उनको भनाइ छ ।

यस्तै, पार्कमा एकैपटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने भएकाले दुई महिनाको अवधिमै तीस हजार भन्दा बढी मानिसहरूले अवलोकन गरेको उनले बताए । केही सातायता भारतको जोगबनी, बिहार जस्ता ठाउँबाट पनि पर्यटक आउने गरेको पौडेलले बताए ।

साथै विश्व भ्रमण दिवसको अवसरमा नेपाल सरकारको पर्यटन मन्त्रालयबाट पार्क सम्मानित समेत भएको उनको भनाइ छ । गत फागुन १७ गते एक औपचारिक कार्यक्रमकाबीच तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्कको उद्घाटन गरेका थिए ।

यो पनि – इटहरी आएर पर्यटनमन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा छ’

Tags: #इटहरी#पर्यटन#भिजिट नेपालइपिल्याण्ड एण्ड वाटरपार्कभीम पौडेल

सम्बन्धित समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका
समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई...

Read more
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे
विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:०६ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे

लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2066 shares
    Share 826 Tweet 517
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    721 shares
    Share 288 Tweet 180
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    672 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana