टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home टाकुरा विशेष

रामधुनीमा भव्य रूपमा मनाइयो जितिया पर्व (तस्वीरहरूसहित)

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७८ अशोज १३ गते, २०:५१ बजे
0
रामधुनीमा भव्य रूपमा मनाइयो जितिया पर्व (तस्वीरहरूसहित)
201
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनीमा थारू समूदायले भव्य रूपमा जितिया पर्व मनाएका छन् । बुधबार (आज) रामधुनीमा थारू चलचित्र तथा सांस्कृतिक संघ जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको जितिया पर्वको कार्यक्रम भव्य रूपमा मनाइएको हो ।

थारू चलचित्रकर्मी महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीले अहिले देशमा चलचित्रकर्मीहरू दयनीय अवस्थामा रहेको भएपनि सरकारले चासो नदेखाएकोप्रति दुखेको पोखे ।

‘देशमा हरेक चुनावमा कलाकारको नाम लिएर भोट माग्छन्,’ उनले आक्रोशमिश्रित रूपमा भने, ‘तर चलचित्रकर्मी र थारू समूदायलाई कसैले पनि समेट्न सकेका छैनन् ।’

पूर्वका विभिन्न जिल्लामा करीब ६ लाख थारू समूदायको बाहुल्यता रहेको भएपनि उनीहरूको संरक्षणका निम्ति सरकार उत्तरदायी बन्न नसकेको उनको तर्क थियो ।

नेपाली नारीहरुले मनाउने तीज जस्तै थारू समूदायका महिलाहरूले मनाउने जितिया पर्वमा ‘सिम्लारीटी’ पाइन्छ । महिलाहरूले निराहार व्रत बसेर तीनदिनसम्म श्रद्वापूर्वक मनाउँछन् ।

जितियाको पहिलो दिनलाई ‘लाइह’ बाट सुरु हुन्छ । भगवान जितमहानको नाममा ब्रत आरम्भ हुने गर्दछ । यो पर्व आश्विन सप्तमी तिथिका दिन (लाइह) अष्ठमी तिथिका दिन (उपवास) र नवमी तिथिका दिन पारण गरिन्छ ।

पहिलो दिन (लाइह) नदी, तलाउ, पोखरी, कुण्डमा विधिवत स्नान गरी चिल र स्यालको नाममा घेरौलाको पातमा तेल, पिना, माटो, फूल आदि चढाइन्छ । ब्रतालुहरूले ईष्टदेवलाई जलार्पण समेत गर्ने प्रचलन रहेको छ । त्यस दिनको राती सूर्योदय पूर्व स्नान गरी विधिवत ओठघन (दर खाने) खाने गरिन्छ ।

सूर्योदय पश्चात उपवास शुरु हुन्छ, उपवासको दिन ब्रतालु महिलाहरू अन्न, जल नखाई व्रत बस्छन् । त्यसको भोलिपल्ट स्नान गरी विधिवत् पारण गरिन्छ । पारणमा पाँच वटा अक्षत्त, केराउ र तुलसी निल्ने गरिन्छ र तत्पश्चात अन्न ग्रहण गरी व्रत समाप्त हुन्छ ।

थारु जागरण अभियान सुनसरीका अध्यक्ष तथा थारू कल्याणकारी सभाका जिल्ला कोषाध्यक्ष तारादेवी चौधरीका अनुसार थारू समूदायमा जितिया पर्वको बेग्लै महत्व रहेको छ । विवाहित महिलाहरूले खर दिनको जितिया व्रत अनुष्ठान गरी निरन्तर जितिया ब्रत बस्ने गरिन्छ ।

खर दिन भन्नाले शनिबारको दिन लाई, आइतबारको दिन उपवास र सोमबारको दिन पारन पर्ने तिथि हुनुपर्दछ । जसलाई सुइध लागेको जितिया पर्व भनिन्छ । यसका साथै माईतबाट दाजुभाई लिन आउने र बहिनीले तेलपौर रोटीको कोशेली लिएर माइत जाने परम्परा अझ कायम रहेको चौधरी बताउँछिन् ।

तस्वीरहरू : प्रशान्त पुरी ।

Tags: #धर्म#रामधुनीजितिया पर्व

सम्बन्धित समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका
समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई...

Read more
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे
विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:०६ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे

लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2066 shares
    Share 826 Tweet 517
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    722 shares
    Share 289 Tweet 181
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    673 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana