इटहरी : मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक–एक थान क्रिकेट ब्याड हस्तान्तरण गरेको छ ।
इटहरीमा आज एक कार्यक्रमकाबीच सेन्टरले राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्री सहित प्रदेश १ र २ का एघार जना खेलाडीलाई ब्याड वितरण गरेको हो । महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चल राज शाक्यको प्रायोजनमा १५ हजार मूल्य बराबरको ब्याड वितरण गरिएको सेन्टरका अध्यक्ष विप्लव घोषले बताए ।
क्रिकेटका खेल सामाग्री महंगो भइरहेको अवस्थामा निःशुल्क रूपमा पाएको स्तरीय ब्याडले खेलाडीहरुको प्रर्दशनमा सहयोग पुग्ने पहिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक वर्ष मनमोहन मेमोरियल एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउँदै आएको छ । यस्तै, क्रिकेट खेलाडीहरुलाई विभिन्न सहयोग र हकहितको क्षेत्रमा काम गर्दै आएको छ ।
Discussion about this post